१४ मंसिर २०८०, बिहिबार
१४ मंसिर २०८०, बिहिबार

सलमानको ‘टाइगर ३’ बक्स अफिसमा कमजोर बन्दै

बलिउड अभिनेता सलमान खान अभिनीत फिल्म ‘टाइगर ३’ को कमाइ लगातार घटिरहेको छ। सुरूवातमा राम्रो कमाइ गरेको फिल्म ‘टाइगर ३’ को कमाइ लगातार घटिरहेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

यस वर्ष तीनवटा बलिउड फिल्मले ५०० करोडभन्दा बढी कमाइ गरेका कारण बक्स अफिसमा ‘टाइगर ३’बाट पनि ठूलो कमाइ हुने अपेक्षा गरिएको थियो। तर फिल्मले ५ दिन बितिसक्दा पनि २ सय करोड पार गर्न सकेको छैन्।

नोभेम्बर १२ मा प्रदर्शन भएको फिल्मले पहिलो दिन ४४ करोड ५० लाख भारू कमाएको थियो। दोस्रो दिन ५८ करोड कमाएको फिल्मले तेस्रो दिन ४३ करोड ५० लाख, चौथो दिन २० करोड र पाँचौ दिन १८ करोड ५० लाख भारू कमाएको छ। यो हिन्दी संस्करणको मात्रै कमाइ हो। यो यशराज फिल्म्सको स्पाइ युनिभर्सको फिल्म हो।आदित्य चोपडाको लगानी रहेको फिल्मलाई मनिष शर्माले निर्देशन गरेका हुन्।

फिल्ममा सलमान खान, कट्रिना कैफ र इमरान हासमीको मुख्य भूमिका छ। फिल्ममा इमरान खलनायकको भूमिकामा देखिएका छन्। फिल्मको कथा आदित्य चोपडाले तयार पारेका हुन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?