१ असार २०८१, शुक्रबार
१ असार २०८१, शुक्रबार

टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्चमा ७ निवेदन

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा सात वटा रिट निवेदन परेको छ।

शुक्रबार अपरान्हसम्म टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा ७ वटा रिट निवेदन परेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द प्रसाद अधिकारीले जानकारी दिए। उनले भने, ‘सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध अहिलेसम्म सात वटा रिट आएका छन्। त्यो दर्ता प्रक्रियामा छ। हामीले अध्ययन गरिरहेका छौँ।’

सरकारले कात्तिक २७ गते टिकटक माथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। सामाजिक सद्भाव बिग्रिन थालेकाले टिकटक बन्द गर्ने निर्णय गरिएको सरकारको भनाइ थियो।

सरकारले टिकटक माथि लगाएको प्रतिबन्धविरूद्ध सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया आएका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?