६ बैशाख २०८१, बिहिबार
६ बैशाख २०८१, बिहिबार

प्रहरीले गोली हानेर बाँकेबाट एक जनालाई नियन्त्रणमा लियो

धारिलो हतियार प्रयोग गरी स्थानीयलाई गम्भीर घाइते बनाएका एक जनालाई बाँके प्रहरीले गोली हानी नियन्त्रणमा लिएको छ। प्रहरीले खजुरा-४ बाट शुक्रबार बिहान गोली हानी कोहलपुर-११ का आकाश रानालाई नियन्त्रणमा लिएको हो।

कोहलपुर-१२ का २९ वर्षीय मीनबहादुर विकलाई उनले धारिलो हतियार प्रयोग गरी फरार भएका थिए।

आपराधिक गतिविधि गरी फरार रहेकालाई एक राउण्ड गोली हानी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए। घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?