८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार

भुमिकास्थानमा एक पुरुषको भिरबाट लडेर मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची  । गुल्मीबाट तिहार मनाउन दिदिघर हिंडेका एकजना पुरुषको भिरबाट लडेर ज्यान गएको छ ।

गुल्मीको धुर्कोट गाउँपालिका २, पिपलधाराका ३६ वर्षीय खुम बहादुर घर्ती अर्घाखाँचीको भुमिकास्थान नगरपालिका ३ को सिख्रास्थित भिरमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

कात्तिक २९ गते भाईटिकाको दिन खुम बहादुर भुमिकास्थानको वडा नम्बर ३, धारापानी बस्ने कमला घर्तिको घरमा तिहार मनाउन हिंडेका थिए । अबेरसम्म टिका लगाउन घर नपुगेपछि खोजी गर्ने क्रममा उनको शव सिख्रास्थित भिरमा फेला परेको थियो ।

प्रत्यक्षदर्शीका अनुसार उनले अत्याधिक मदिरा सेवन गरेका थिए । मदिरा सेवन गरेका कारण उनि भिरबाट लडेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्दपी घटनाबारे थप अनुसन्धान भइरहेकोे प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (13%)
  • दुःखी (63%)
  • अचम्मित (25%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?