३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

सन्धिखर्कमा छोराको कुटपिटबाट आमाको मृत्यु

लक्ष्मण घिमिरे ।
अर्घाखाँची ।
सन्धिखर्क नगरपालिकाको तुमकोटमा आफ्नै छोराको कुटपिटबाट आमाको ज्यान गएको छ ।

सन्धिखर्क नगरपालिका-१ तुमकोट नेपालीटोलका विमल नेपालीको कुटपिटबाट उनकी आमा ५५ वर्षिय हिराकुमारी सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । बुवा र आमालाई कुटपिट गरि भागेका नेपालीलाई पक्राउ गरिएको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।

उनका बुवा सामान्य घाईते छन् । शवलाई अर्घाखाँची अस्पतालमा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाईएको छ । छिमेकीका अनुसार गएराति विमल नेपालीले मदिरा सेवन गरि आएका र खाना बनाउने सामान्य विषयमा विवाद भएको थियो । आवेशमा आएका नेपालीले प्लाष्टिकको पाईपले आमा र बुवालाई कुटपिट गरेका थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?