२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

परराष्ट्रमन्त्री ज्ञवाली भारत प्रस्थान

काठमाण्डौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली तीन दिने भ्रमणका लागि भारत गएका छन् ।

नेपाल-भारत छैठौं संयुक्त आयोग बैठकमा भाग लिन परराष्ट्रमन्त्री ज्ञवाली आज बिहान सवा ११ बजे भारत प्रस्थान गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बैठकमा नेपालले सीमा विवाद र कोरोनाविरुद्धको खोपलाई प्राथमिकता साथ उठाउने भएको छ । यस्तै नेपाल-भारत द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, पर्यटन, कृषि, वैदेशिक लगानी, पूर्वाधार विकास, ऊर्जालगायतका विषयमा पनि छलफल गर्ने तयारी छ ।

बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीसहित परराष्ट्र र स्वास्थ्य मन्त्रालयका सचिवसहित अन्य मन्त्रालयका उच्च अधिकारी सहभागी हुने मन्त्रालयले जनाएको छ । भारतको तर्फबाट विदेशमन्त्री एस जयशङ्करले बैठकको नेतृत्व गर्नेछन् । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूमि समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिएको छ ।

लामो समयदेखि दुई देशबीच उच्चस्तरीय भेटवार्ता र भ्रमण हुन नसकेको बेला परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमणलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?