३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक तिन बजे बस्दै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको (प्रचण्ड–माधव) समूहको स्थायी कमिटी बैठक बिहीबार दिउँसो बस्दैछ ।पेरिसडाँडास्थित पार्टी कार्यालयमा ३ बजे स्थायी कमिटी बैठक बोलाइएको छ ।

संसद् विघटनविरुद्ध संघर्षको कार्यक्रम गरिरहेको यो समूहको बैठकमा यिनै समसायिक विषयमा छलफल गर्ने कार्यसूची रहेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले बताए । यो समूहको स्थायी कमिटी बैठक पुस १९ र २० गते बसेको थियो ।

यो समूहले संसद् विघटन विरुद्ध संयुक्त प्रदर्शनको गृहकार्य गरिरहेको छ । तर, विपक्षी दलहरु सहमत नभएकाले एक्लै प्रदर्शन गरेको छ । नेकपाको वैधानिकता विवाद नटुंगिएकाले नेपाली काँग्रेस र जनता समाजवादी पार्टी संयुक्त प्रदर्शन गर्न सहमत भएका छैनन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?