२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

केन्द्रदेखि प्रदेशसम्म सत्ता साझेदारी गर्न देउवासँग प्रचण्ड–नेपालको प्रस्ताव

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड-माधव समूहले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग केन्द्रदेखि प्रदेश सरकारसम्म सत्ता साझेदारीको प्रस्ताव राखेको छ ।

देउवालाई भेट्न प्रचण्ड र नेपाल वुधबार साँझ देउवा निवास पुगेका थिए । भेटबारे कांग्रेस उच्च स्रोतले भन्यो, ‘प्रचण्ड र नेपालले नै भेटेर कुराकानी गरौं भन्ने प्रस्ताव गर्नु भएपछि सभापतिले भेट्नु भएको हो ।’

प्रचण्ड र नेपालले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र संसद पुनःस्थापना भएमा सरकारमा सहकार्य गर्ने प्रस्ताव गरेका छन् । साथै, केन्द्रमा मात्र नभएर प्रदेशमा पनि सत्ता साझेदारीको प्रस्ताव गरेका छन् ।

भेटमा देउवाले अदालतले जे निर्णय गर्छ, त्यही मान्ने बताएका थिए । प्रचण्ड र नेपालको प्रस्तावका सम्बन्धमा देउवाले पार्टीमा छलफल गर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?