२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

अर्घाखाँचीका ६१ वटै वडामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न

सन्धिखर्क । सरकारको प्रतिगामी कदम बिरुद्ध नेपाली कांग्रेसले देशका प्रत्येक वडामा बिरोध प्रदर्शन र बिरोध सभा सम्पन्न गरेको छ । अर्घाखाँचीका ६१ वटै वडामा नेपाली कांग्रेसले सरकारको असंबैधानिक कदम बिरुद्ध बिरोध प्रदर्शन गरेको नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बताए ।

नेपाली कांग्रेस १२ नम्बर वडाको अायाेजनामा डिभर्नामा बिराेध सभा सम्पन्न भएको छ । बिरोध सभामा मन्तब्य राख्दै नेपाली कांग्रेसका जिल्ला सभापति बिष्णु प्रसाद खनाल (मुस्कान) ले बर्तमान केपी ओली सरकार तानासाह बन्न खोजेको बताए । उनले लोकतन्त्र बचाउन नेपालीहरु एकजुट हुनुपर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका क्षेत्रीय सभापति केशवराज कुवर , वडा अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राख्नु भएको थियोे । कार्यक्रममा २० जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । कार्यक्रम वडा सभापति लिलाधर बस्यालकाे अध्यक्ष्ाता र बिक्रम पाण्डेको सञ्चालनमा सम्पन्न भएको हाे ।

सन्धिखर्क नगरपालिका वडा नम्वर १० अर्घा धरमपानीमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । लामापोखराबाट शुरु भएको बिरोध प्रदर्शन सरकार बिरुद्ध चर्कानाराबाजी गर्दै धरम्पानी, सिमलपानी , स्वामीकारुख हुदै गच्छेगैरामा गएर बिरोध सभामा परिणत भएको थियो ।

बिरोध सभामा नेपाली कांग्रेसका जिल्ला सदस्य चन्द्रा गैरे, जिल्ला आमन्त्रीत सदस्य भेसबहादुर बिसी, नेपाल दलित संघका पुर्ब केन्द्रिय उपाध्यक्ष कमल बिक, नेपाली कांग्रेस प्रकाशन तथा प्रचार प्रसार बिभागका सचिव प्रेमनारायण आचार्य लगायतले मन्तब्य राख्दै सरकारले जनताको मतका दरुपयोग गरेको बताएका थिए । कार्यक्रम नेपाली कांग्रेस वडा सभापति नारायण चुँदालीको सभापतित्व , नगर उपसभापति इश्वरी प्रसाद मरासिनीको स्वागत मन्तब्य र सचिव केशबराज आचार्यको सञ्चालनमा सम्पन्न भएको हो ।

सन्धिखर्क नगरपालिका वडा नम्वर ९ अर्घामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा नेकपा परित्याग गरी ६ जना नेपाली कांग्रेसमा प्रबेश गरेका छन् । तत्कालिन अर्घा गाविस वडा नम्वर १ मा एमालेबाट निर्बाचित वडा अध्यक्ष टेक बहादुर बिक सहितका ६ जना नेपाली कांग्रेसमा प्रबेस गरेका हुन् ।

कार्यक्रममा जिल्ला सदस्य बिष्णु क्षेत्री, माधब भुसाल, बाबुराम भुसाल, बिष्णु भुसाल लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम वडा सभापति झबिन्द्र खड्काको अध्यक्षता, गणेश भुसालको स्वागत मन्तब्य र प्रमोदजंग रायमाझिको सञ्चालनमा सम्पन्न भएको हो । मालारानी गाउँपालिका वडा नम्वर ९ गोखुंगामा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रममा नेकपा र राष्ट्रिय जनमोर्चा परित्याग गरी २५ जना नेपाली कांग्रेसमा प्रबेस गरेका छन् । कांग्रेसका वडा सभापति कविराज पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा, नेपाली कांग्रेसका जिल्ला सदस्य तारा प्रसाद श्रेष्ठ, वडा सदस्य कमला पौडेल, पुर्ब सभापति गोकर्ण भुसाल, नरेन्द्र खनाल, रिषीराम पौडेल लगायतले मन्तब्य राख्नु भएको थियो ।कार्यक्रम बुद्धिराम भुसालको स्वागत मन्तब्य र भोलानाथ पाण्डेको सञ्चालनमा सम्पन्न भएको कुलराज खनालले बताउनु भएको छ ।

मालारानी ७ बामरुकमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा मन्तब्य राख्दै नेपाली कांग्रेसकी लुम्विनी प्रदेश सचेतक निर्मला क्षेत्रीले सरकार लोकतन्त्र र प्राप्त उपलब्धीनै समाप्त पार्ने खेलमा अगाडी बढेको बताउनु भएको छ । कार्यक्रम रिता भुसालको अध्यक्षता र टानबहादुर रेग्मीको सञ्चालनमा सम्पन्न भएको हो । सन्धिखर्क ४ वांगलामा आज भएको बिरोध सभामा नेकपा परित्याग गरी २४ घर परिवार नेपाली कांग्रेसमा प्रबेस गरेका छन् ।

वांगलामा भएको कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष कृष्ण बहादुर ज्ञवाली, क्षेत्रीय प्रतिनिधि कमल प्रसाद भट्टराई, शिक्षक संघका पुर्ब अध्यक्ष मुक्तिराम भण्डारी, क्षेत्रीय प्रतिनिधि सुभमाया आचार्य, वडा सदस्य उमानन्द अधिकारी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सफर मियाको अध्यक्षता, गणेश भण्डारीको सञ्चालन र गिता आचार्यको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।पाणिनि गाउँपालिका वडा नम्वर २ पोखराथोकमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका महाधीबेसन प्रतिनिधि लोकेन्द्र बिक, वडा अधयक्ष नेत्र प्रसाद भट्टराई, दलित संघका जिल्ला उपसभापति बाबुराम पोख्रेल, कार्यपालिका सदस्य लक्ष्मी सुनाखरी लगायतले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम नेपाली कांग्रेसका वडा सभापति राम प्रसाद गौतमको सभापतित्व र निराजन रसायलीको सञ्चालनमा सम्पन्न भएको हो ।

भमिकास्थान नगरपालिका वडा नम्वर ३ धारापानीमा नेपाली कांग्रेसको बिरोध सभा सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला आमन्त्रीत सदस्य हुम प्रसाद बन्जाडेले मन्तब्य राख्नु भएको थियो । कार्यक्रम रण प्रसाद बन्जाडेको अध्यक्षता र मानबहादुर सुनारको सञ्चालनमा सम्पन्न भएको हो ।

छत्रदेब गाऊँपालिका वार्ड नं २ बल्कोटमा नेपाली कांग्रेसले विरोध प्रदर्शन गरेको छ । वार्ड सभापति नन्द बहादुर पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा रहमत अलि मियाँ , तथा वार्ड का अन्य नेता तथा बुध्दीजिबी तथा कार्यकर्ता को बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा ने क पा परित्याग गरी रित बहादुर बि क ईन्सु मिया र मान बहादुर कुमाल ले नेपाली कांग्रेसमा प्रबेश गरेको वडा अध्यक्ष राजेस पन्थीले बताउनु भएको छ ।

मालारानी गाउँपालिका वडा नम्वर ४ खनमा नेपाली काङ्ग्रेसको विरोध सभा सम्पन्न भएको छ । खनको लुटिपोखरिमा भएको विरोध सभालाई नेपाली काङ्ग्रेस पुर्व जिल्ला कोषाध्यक्ष हरि बहादुर खड्का, नेपाल विद्यार्थी संघ केन्द्रिय सहमहामन्त्री ललिता सुनार लगायतले मन्तब्य राख्नु भएको थियो । । कार्यक्रम सभापति लक्ष्मण पोख्रेलको सभापतित्व, पुर्व पार्टि सचिव थानेस्वर खनालको स्वागत र पार्टी सचिब रबिन खड्काको सन्चालनमा सम्पन्न भएको हो ।

विरोध सभा कार्यक्रममा सयौ नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?