काठमाडौं । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड(माधव समूहले काठमाडौंमा बिहीबार साँझ मसाल जुलुस निकालेको छ ।
प्रचण्ड–माधव समूह निकट युवाहरुले बानेश्वर क्षेत्रमा साँझ मसाल जुलुस निकालेका हुन् । संसद विघटन असंवैधानिक कदम भएको भन्दै उनीहरुले विजुली बजार पुल नजिकबाट मसाल जुलुल निकालेका थिए । सो क्रममा प्रहरीले युवाहरुले हातमा बोकेको मसाल खोसेर निभाउने प्रयास गरेका थिए ।
नेकपा प्रचण्ड–माधव समूहले शुक्रबार संसद विघटनको विरोधमा काठमाडौंमा विरोध सभा गर्दैछ । उक्त विरोध सभामा सहभागी हुन देशैभरबाट नेता तथा कार्यकर्ताहरु काठमाडौंमा आउने क्रम जारी रहेको उक्त समूहले जनाएको छ ।
काठमाडौंमा शुक्रबार आयोजना गर्ने विरोध सभाको पूर्वसन्ध्यामा उनीहरुले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरेको हो ।