अर्घाखाँची । हिन्दु धर्म रक्षा परिषद् नेपाल अर्घाखाँचीको आयोजनामा मालारानी गाउँपालीकामा पालीका स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । “धर्म संस्कृतिको रक्षा , राष्ट्रको सुरक्षा” भन्ने मुख्य नारा सहित पालीकाको प्रशिद्ध धार्मीक स्थल मालारानी मन्दीर परीषर्मा सुक्रबार सम्पन्न भेलाले हरी प्रसाद अधिकारीको अध्यक्षताम ३१ सदस्यीय मालारानी गाउँपालीका स्तरीय हिन्दु जागरण युवा स्वयंसेवकको गठन गरेको छ ।
जसको प्रथम उपाध्यक्षमा रोमाहर्श खनाल, द्वितीत उपाध्यक्षमा लक्ष्मण रीजाल, तृतीय उपाध्यक्षमा गिताराम अधिकारी, सचीबमा सुरत बस्नेत, सह–सचीवमा नारेश्वर पाण्डे र कोषाअध्यक्षमा हिमलाल पौडेल चयन भएका छन ।
कार्यक्रममा मनतब्य राख्दै हिन्दु धर्म रक्षा परिषद् नेपालका केन्द्रिय अध्यक्ष नारायण प्रसाद खनालले हिन्दुधर्मको रक्षागर्न सबै एकजुट हुनुको बिकल्प नभएको भन्दै कानुनको भरमा मात्रै देश चल्ने नभई धर्मको आधारमा देश चलेमा छाडातन्त्रको अन्त्यहुने कुरामा जोड दिए ।
खनालले पछिल्लो समय मुलुकमा नैतिक शिक्षाको संकट रहेको बताउदै परीवार र व्यक्तिमा नैतिक शिक्षाको खाँचो रहेकाले नैतिक शिक्षालाई कडाईका साथ व्यवहारमा लागुगर्न सबैलाई आग्रह समेत गरे ।
कार्यक्रम परीषद्का जिल्ला अध्यक्ष नारायण खड्काको अध्यक्षता, सचीव बाबुराम भुसालको स्वागत मनतब्य र उपाध्यक्ष आतिश किरण बिकको सञ्चालनमा सम्पन्न भएको थियो ।