अर्घाखाँची । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले गरेको नेपाल बन्दका कारण अर्घाखाँचीको जनजीवन प्रभावित भएको छ ।
जनजिवन प्रभावितसँगै सन्धिखर्कको चुत्राबेसी पेट्रोल पम्प लाइनमा एउटा संकासपद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक माधव बुढाथोकीले बताए ।
संकास्पद वस्तु भएको ठाउँमा सुरक्षार्की पुगिसकेका छन, उक्त बस्तु के हो भन्ने एकिन भई सकेको छैन । उक्त बस्तु नेपाली सेनाले हेरेपछि सेनाबाटै डिस्पोजल गर्ने तयारी रहेको छ ।