२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

कर्णालीलाई हराउँदै एपीएफ प्रधानमन्त्रीकप क्रिकेटको सेमिफाइनलमा

काठमाण्डाै । कर्णाली प्रदेशलाई ७१ रनले हराउँदै सशस्त्र प्रहरीको एपीएफ प्रधानमन्त्रीकप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

कीर्तिपुर मैदानमा एपीएफले दिएको २ सय १९ रनको लक्ष्य पछ्याएको कर्णाली १ सय ४७ रनमा अलआउट भयो । कर्णालीका लागि हेमन्त ओलीले सर्वाधिक ५८ रन बनाए पनि जितकाे लागि पर्याप्त भएन । कर्णालीलाई १ सय ४७ रनमा आउट गर्न एपीएफका बसन्त रेग्मी र किशोर महतोले ३/३ तथा भुवन कार्कीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले सन्दिप जोराको ६० रन मद्दतमा २ सय १८ रन बनाएको थियो । आजकाे नतिजासँगै समूह ए बाट आर्मी र एपीएफ सेमिफाइनलमा पुगेका छन् । कर्णाली, प्रदेश एक र गण्डकी बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?