२६ मंसिर २०८१, बुधबार
२६ मंसिर २०८१, बुधबार

ई–सेवा खोल्नेको सङ्ख्या ४० लाखभन्दा बढी

काठमाण्डौ । नेपालमा ई–सेवा प्रयोगकर्ताको सङ्ख्या ४० लाख नाघेको छ । मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको ई–सेवामा प्रत्यक्ष रूपमा खाता खोल्नेको सङ्ख्या ४० लाख नाघेको हो ।

यसैगरी अप्रत्यक्ष रूपमा झण्डै एक करोड ५० लाख जनसङ्ख्याले ई–सेवामार्फत सेवा लिइरहेका छन् । अहिले ई–सेवाका देशभर करिब एक लाखभन्दा बढी एजेण्ट (ई–सेवा जोन तथा पोइन्ट) रहेका छन् । अहिले ई–सेवामा मर्चेन्टको सङ्ख्या एक लाख ८५ हजार नाघिसकेको छ ।

तीन जना युवाको परिकल्पनाबाट सुरु भएको एफवानसफ्ट कम्पनीअन्तर्गत ई–सेवासँगै झण्डै एक दर्जन कम्पनी सञ्चालनमा छन् । यस ग्रुपले अहिले एक हजारभन्दा बढी दक्ष जनशक्तिलाई रोजगारी दिएको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरि २०१० जनवरी २५ बाट ई–सेवा सुरु भएको हो । ई–सेवाका प्रमुख कार्यकारी अधिकृत सुभाष सापकोटाले कुराकानीका लागि मात्र सीमित भएको मोबाइललाई हामीले वित्तीय कारोबार गर्ने महत्त्वपूर्ण माध्यम बनाउन सफल भएको बताए।

आउँदा दिनमा ई–सेवालाई भुक्तानीका लागि मात्र नभएर आर्थिक कारोबारको वान स्टप सोलुशनका रूपमा विकास गर्दै लैजाने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?