३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

सुख-दुखको सारथी मालारानी गाउँपालिका

अर्घाखाँची । मालारानी गाउँपालिकाले पत्रकार नविन केसीको उपचारमा दुई लाख रकम सहयोग गर्ने भएको छ ।

निमोनियाका कारण काठमाडौंको हेम्स अस्पतालमा उपचार गराइरहेका पत्रकार केसीको उपचारार्थ पालिकाले दुईलाख सहयोग गर्ने पालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिए । मालारानी गाउँपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको हो ।

रेडियो मालारानीका स्टेशन म्यानेजर समेत रहेका केसीको उपचारमा सहयोगका लागी पत्रकार महासंघले अनुरोध गरेपछी कार्यपालिका बैठक बसेर सहयोग गर्ने निर्णय भएको प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले जानकारी दिए ।

निमोनियाका कारण स्वासप्रश्वासमा समस्या देखिएपछी केसीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । समस्या थपिएपछी गत शुक्रबार काठमाडौंको हेम्स अस्पतालमा लगिएको छ । अहिले उनको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको उनकी श्रिमती कोपिला केसीले जानकारी दिएकी छिन् ।

विभिन्न मिडियामा आबद्ध केसी नयाँपत्रिका दैनिक र न्युज 24 को जिल्ला संवाददाता समेत हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?