३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

केसीको उपचारमा पत्रकार महासंघ र सञ्चार सहकारीको सहयोग

अर्घाखाँची । नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले पत्रकार नविन केसीको उपचारमा सघाउ पुर्याउने भएको छ ।

निमोनियाका कारण श्वासप्रश्वासमा समस्या देखिएपछी काठमाण्डौको हेम्स अस्पतालमा उपचार गराईरहेका केसीलाई महासंघ अर्घाखाँचीले ५० हजार रुपैया सहयोग गर्ने भएको छ । उक्त रकम भोलि केसीकी श्रीमति कोपिला केसीलाई हस्तान्तरण गरिने महासंघका कोषाध्यक्ष विनोद गैरेले जानकारी दिए ।

यसैबिच केसीको उपचारका लागि सञ्चार सहकारीले पनि १० हजार आर्थिक सहयोग गरेको छ । सहकारीका सदस्य केसीको उपचारमा धेरै रकम खर्च हुने भएकाले थोरै भएपनि सहयोग स्वरुप १० हजार प्रदान गर्ने निर्णय गरेको अध्यक्ष देवेन्द्र कुवँरले बताए । साथै सहकारीले शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

निमोनियाका कारण स्वासप्रश्वासमा समस्या देखिएपछी केसीलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो । समस्या थपिएपछी गत शुक्रबार काठमाडौंको हेम्स अस्पतालमा लगिएको छ । अहिले उनको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको उनकी श्रिमती कोपिला केसीले जानकारी दिएकी छिन् ।

विभिन्न मिडियामा आबद्ध केसी नयाँपत्रिका दैनिक र न्युज 24 को जिल्ला संवाददाता समेत हुन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (75%)
  • दुःखी (25%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?