२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

नेकपा (प्रचण्ड-नेपाल) समूहले निर्वाचन आयोगको निर्णयबारे छलफल गर्दै

काठमाण्डौ । निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहका निर्णयहरुलाई आधिकारिकता नदिने निर्णय गरेसँगै प्रचण्ड-नेपाल समूह छलफलमा जुटेको छ ।

निर्वाचन आयोगको यो निर्णयसँगै अब कसरी अघि बढ्ने भन्नेबारे आज छलफल गर्न लागिएको र छलफलपछि मात्रै आफूहरुको कदमको टुङ्गो लाग्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । कुनै पनि निर्णय गर्दा दुवै अध्यक्षको सहमति र हस्ताक्षर हुनुपर्ने नेकपाको विधानमा उल्लेख छ ।

यसैबीच, नेकपाका प्रचण्ड-नेपाल पक्षले सोमवारदेखि २८ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरोध गर्ने गरी थप कार्यक्रम सार्वजनिक गरेको छ । सार्वजनिक कार्यक्रमअनुसार आज सिट्ठी जुलुस निकाल्ने, भोलिदेखि २१ गतेसम्म माइतीघर मण्डलमा धर्ना दिने, १६ गते शान्तिबाटिकामा भेला भएर लैनचौरसम्म प्रदर्शन गर्नेलगायत कार्यक्रम रहेका छन् ।

काठमाण्डौ उपत्यका बाहिर १५ गते बुटवल, १६ गते विराटनगर, १७ गते धनगढीमा विरोध प्रदर्शन गर्ने प्रचण्ड(नेपाल समूहले घोषणा गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि नेकपा दुई समूहमा विभाजित भएका छ । यस्तै नेकपाको ओली पक्षले माघ २३ गते काठमाण्डौमा जनसभा गर्ने भएको घोषणा गरेको छ ।

ओली समूहको वाग्मती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले वर्तमान राष्ट्रिय राजनीतिक परिस्थितिको वास्तविकता नागरिकलाई जानकारी गराउने उद्देश्यले २३ गते रत्नपार्कमा जनसभा गर्न लागिएको जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?