२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

ओलीले नागरिक समाजसँग माफी माग्नुपर्छ: शेखर कोइराला

काठमाण्डौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नागरिक आन्दोलनमाथि सरकारले दमन गरेकोले क्षमा माग्नुपर्ने बताएका छन्।

प्रहरीले सोमबार बालुवाटारमा नागरिक अगुवामाथि लाठीचार्ज र पानीका फोहरा हानेको थियो। केही मानिस घाइते भएका थिए। त्यसतर्फ संकेत गर्दै कोइरालाले मंगलबार बिहान गरेको ट्वीटमा देशको माटो निधारमा लगाएर प्रतिगमन विरूद्धमा शान्तिपूर्ण प्रदर्शनमा रहेका नागरिक समाजमाथि बर्बरताको निन्दा र भर्त्सना जति गरेपनि नपुग्ने लेखेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार नै पशुपतिनाथ मन्दिरमा गरेको संकल्प पूजातर्फ संकेत गर्दै कोईरालाले नागरिक आन्दोलनमाथि गरेको त्यो अपराधको दण्डबाट मुक्ति न त मन्दिरमा गरिने क्षमा पूजाबाट सम्भव छ न त कम्युनिष्ट शब्दकोषको आत्मआलोचनाबाट सम्भव छ भनेका छन् ।

सरकारले नागरिक समाजसँग क्षमा माग्नुपर्ने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?