काठमाण्डौ । भारतको गणतन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना समकक्षीहरूलाई शुभकामना सन्देश पठाएका छन्।
भारतीय समकक्षी रामनाथ कोविन्दलाई पठाएको शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले युगौंदेखिको नेपाल(भारत बहुआयामिक सम्बन्ध आगामी दिनमा झन् मजबुद् हुने विश्वास व्यक्त गरेकी छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पठाएको सन्देशमा प्रधानमन्त्री ओलीले भारतीय जनताको शान्ति, प्रगति र समृद्धिको कामना गरेका छन्। प्रधानमन्त्री ओलीले सन्देशमा नेपाल-भारतको सम्बन्ध मित्रता, समानता, सहकार्य र एकअर्काको सम्मानमा आधारित रहेको उल्लेख गरेका छन्।
विज्ञान, प्रविधि, चिकित्सा र आर्थिक क्षेत्रमा भारतले गरेको विकासको पनि प्रधानमन्त्री ओलीले प्रशंसा गरेका छन्। भारतले नेपाललाई कोरोनाविरूद्ध दश लाख डोज भ्याक्सिन अनुदानमा दिएकोप्रति पनि प्रधानमन्त्री ओलीले धन्यवाद व्यक्त गरेका छन्।