३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

शितगंगा नगरपालिकामा बाउद्वारा छोरीको हत्या

अर्घाखाँची । शितगंगा नगरपालिकामा बुवाले आफ्नै छोरीको हत्या गरेका छन् ।

शितगंगा–२, झिर्रामा स्थानिय २४ बर्षिय सन्तोष घिमिरेले आफ्नै २ बर्षिय छोरी सृष्टि घिमिरेको रसीले घाँटी थिंचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी रामनारायण गुप्ताले जानकारी दिए ।घरमा बावुछोरी मात्र भएको अवस्थामा प्लास्टिकको डोरीले घाँटी थिंचिएको पाईएको प्रहरीको भनाई छ ।

ईलाका प्रहरी कार्यालय ठाडाको टोलीले हत्यारालाई नियन्त्रणमा लिएको र थप अनुसन्धान भईरहेको छ । विगत केही समय देखि श्रीमान्संगको विवादले श्रीमती माइतमा बस्दै आएकी थिइन् । बावुसंग बसेकी आफ्नै छोरीको हत्या गरेको प्रहरील जनाएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (67%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (33%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?