२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

नेकपा उपाध्यक्ष वामदेव गौतमद्वारा एकता राष्ट्रिय अभियानको घोषणा

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले विभाजित पार्टीलाई एकता गराउने भन्दै एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् ।

बुधबार ललितपुरको धोबीघाटमा कार्यक्रम गरि उपाध्यक्ष गौतमले विभाजित नेकपालाई एकता गराउनका लागि नेकपा एकता राष्ट्रिय अभियानको घोषणा गरेका हुन्। नेकपा केपी शर्मा ओली पक्ष र पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षमा राजनीतिक रूपमा विभाजित भएपनि गौतम तटस्थ रहँदै आएका थिए । नेता गौतमले प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएको भए प्रधानमन्त्री केपी शर्मा ओलीको इज्जत बढ्ने बताएका छन् ।

एकता अभियानको घोषणा गर्दै उनले भने ‘पार्टी फुटे फुट्छ भनेर प्रतिनिधिसभा भंग गरियो, प्रतिनिधिसभा भंग नगरी राजीनामा दिएर राष्ट्रपतिकोमा गएको भए के हुन्थ्यो केपी ओलीको शान रु केपी ओलीको प्रतिष्ठा कति उचो हुन्थ्यो रु संसद विघटनले नेपालको संस्कृति नै ध्वस्त भएको उनले बताए । ‘जहाँ हामी जान खोजेको सभ्यता थियो, त्योबाट हामी धेरै तल झर्‍यौं’ गौतमले भने ।

आफू एकताको पक्षमा रहेको सार्वजनिक अभिव्यक्ति दिँदै आएका गौतमले बुधबारदेखि औपचारिक रूपमै एकता अभियान घोषणा गरेका हुन् । उपाध्यक्ष गौतमले पार्टी विभाजनको पक्षमा कोही नभएको भन्दै शक्ति निर्माण गरेर दुई पार्टीलाई एक बनाइ छाड्ने प्रतिबद्धता व्यक्त गरे । शीर्ष नेताहरू विभाजित भएपनि पार्टीका दोस्रो र तेस्रो तहका नेताहरूको पनी एकता भङ्ग भएकोमा चिन्तित रहेको भन्दै उनले आफूले संयोजन गरेर दोस्रो, तेस्रो तहका नेताहरूलाई अघि बढाउने बताए । ६ महिनाभित्र पार्टी एकता गराइ सक्ने उपाध्यक्ष गौतमले दाबी गरे। ६ महिनाअघि नै एकता हुनसक्ने पनि उनको भनाइ छ ।

नेता गौतमले पार्टी विभाजन हुनुमा प्रचण्ड र केपी शर्मा ओलीको बराबर भूमिका रहेको बताएका छन् । पार्टी विभाजनका लागि गरेको गल्तीलाई तराजुमा नाप्दा प्रचण्ड र ओलीको बराबरी भूमिका देखिएको गौतमको भनाइ छ । ‘पार्टी विभाजनमा कसैको बढी कसैको घटी भूमिका देख्दिन । संसद विघटनको क्षति अर्को पक्ष हो भयो, तर पार्टी विभाजन हुनको निम्ति दुबै नेताको बराबरी भूमिका छ, एउटाको बढी, अर्कोको घटी छैन’ उनले भने ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?