२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

एपीएफ क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा, वाग्मती र आर्मीबीचको सेमिफाइनल भोली

एजेन्सी । एपीएफ क्लब प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३० रनले हराउँदै एपीएफ फाइनलमा पुगेको हो ।

एपीएफले दिएको दुई सय चार रनको लक्ष्य पछ्याउने क्रममा पुलिसले ४९ ओभर २ बलमा अलआउट हुँदै मात्र एक सय ७३ रन बनाउन सक्यो । पुलिसका लागि पवन सर्राफले ४०, राशिद खानले ३४, दीपेन्द्र सिंह ऐरीले ३३, अनिल शाहले २१, आरिफ शेखले १६ र सागर ढकालले ११ रन बनाए ।

एपीएफका भुवन कार्कीले चार विकेट लिए भने कमल ऐरी, अभिनाश बोहरा र शरद भेषवाकरले समान दुई–दुई विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित ओभरमा नौ विकेट गुमाउँदै दुई सय तीन रन बनाएको थियो । एपीएफका लागि शङ्कर रानाले सर्वाधिक ४४ रन बनाए ।

यस्तै भुवन कार्कीले ४२, सन्दीप जोराले ३४, सुवास खकुरेल र कमल ऐरीले समान १९–१९ रन बनाए । कप्तान शरद भेषवाकरले १८ रन जोडे । अविनाश बोहरा ११ रनमा अविजित रहँदा सूर्य तामाङ एक रनमा अविजित रहे । पुलिसका आरिफ शेखले तीन विकेट लिए भने ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट लिए ।

एपीएफले अब फाइनलमा वाग्मती प्रदेश र त्रिभुवन आर्मी क्लबको विजेतासँग खेल्नेछ । वाग्मती र आर्मीबीचको सेमिफाइनल खेल बिहीबार हुनेछ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?