२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

मालारानी गाउँपालिकाद्वारा आफ्ना काम र सेवाको समिक्षा

अर्घाखाँची । मालारानी गाउँपालिकाले आफ्ना काम र सेवाको समिक्षा गरेको छ ।

पालिका भित्र भईरहेका विकास निर्माण सम्बन्धि गतिविधी र जनताको पालिकाप्रतीको दृष्टीकोणमा प्रष्ट हुन पालिकाले समिक्षात्मक बैठकको आयोजना गरेको हो । भएका कामको प्रगती जनतामाझ राख्ने र कमजोरीलाई सुधार्दै लैजान बैठक आयोजना गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले जानकारी दिए ।

कार्यक्रममा पालिका अध्यक्ष बालकृष्ण आचार्यले विकास निर्माणका काम समयमै सम्पन्न गर्नेगरि अगाडी बढ्न कर्मचारीहरुलाई निर्देशन दिएका छन् । ‘पालिकावासीले गुनासो गर्ने ठाउँ नहुने गरि काम अगाडी बढाउनुस्, उनले भने,‘वडाहरुमा छनौट भएका योजनाहरु समयमै सम्पन्न हुनुपर्छ ।’ अध्यक्ष आचार्यले कृषि, पशुपालन, पर्यटन क्षेत्रमा उल्लेख्य प्रगती भएको भन्दै विकास र प्रविधि हस्तान्तरणसँगै सहकारी मार्फत मालारानीलाई समृद्धि बनाउने लक्ष्य अनुसार काम भईरहेको बताए ।

प्रमुख प्रशासकिय अधिकृत विष्णु घर्तीले आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा सम्पन्न भएका र सञ्चालन भईरहेका योजना, बजेट, कार्य प्रगतिविवरण प्रस्तुत गरेका थिए । प्रगतिविवरण प्रस्तुत गर्दे अधिकृत घर्तीले पालिकाको लक्ष्य अनुसार काम भईरहेको बताए । ‘सुन्तला’ नामक कविता मार्फत समिक्षा गोष्ठी कार्यक्रममा मन्तव्य सुरु गरेका घर्तीले सहभागिहरुलाई कृषि नै आर्थिक समृद्धीको मेरुदण्ड रहेको संदेश दिएका थिए ।

कार्यक्रममा सबैभन्दा बढी राजस्व संकलन गर्ने, चालु आर्थिक वर्षमा छिटो योजना सम्झौता र काम सम्पन्न गर्ने वडा, उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीहलाई सम्मान गरिएको थियो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष प्रमिला क्षेत्री, वडाध्यक्षहरु, विभिन्न शाखाका शाखा अधिकृत, कर्मचारी, विभिन्न राजनीतिक दलका नेता, सुरक्षाकर्मी, संघसंस्था, उपभोत्ता समिति, संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम पालिकाका शाखा अधिकृत रमेश पन्थीको स्वागत मन्तव्य र योजना अधिकृत नेत्र प्रसाद खनाल, प्रशासन अधिकृत पशुपति चुदाँलीको सञ्चालन सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (50%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?