माधव खनाल
अर्घाखाँची । अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर-१, आम्बोट चौताराका थानपती खनाल हराएको २२ वर्षपछी घरपरिवारको सम्पर्कमा आएका छन् ।
खनाल आफ्ना भाइ जिवलाल खनाल र बैनिज्वाँई दधिराम भुसाल मार्फत भारतको दिल्लिबाट सम्पर्कमा आएको उहाँका भतिज नारायण खनालले बताए । खनाललाई अब छिट्टै घरपरिवार समक्ष ल्याउने उनको भनाई छ । ६५ वर्षिय थानपती २२ वर्षपछि सम्पर्कमा आएपछि घरपरिवारमा खुसियाली छाएको परिवारले जनाएको छ ।
‘आस मारिसकेका थियौं, उनका माईला छोरा द्रोणले भावुक हुँदै भने,‘ भेटिएको खबरले सारै हर्ष लागेको छ।’ उनी सामाजिक संजाल मार्फत परिवारको सम्पर्कमा जोडिएका हुन् । खनालका एक श्रीमती, तीन भाइ छोरा, एक बुहारी र नातिनी छन् । खनालका सपरिवार हाल सन्धिखर्क नगरपालिकामा बसोबास गर्दै आएका छन् ।