अफगानिस्तानमा भिडन्त, आठ प्रहरीको मृत्यु

अफगानिस्तानमा भिडन्त, आठ प्रहरीको मृत्यु

एजेन्सी । उत्तरी अफगानिस्तानको बाख्ख प्रान्तमा शनिबार राति भएको भिडन्तमा आठ प्रहरी र पाँच तालिबान लडाकूको मृत्यु भएको स्थानीय प्रहरीले जनाएको छ।

प्रान्तीय प्रहरीका अदिल शाह अदिलले हातहतियारबाट सुसज्जित तालिबान लडाकूहरुले सुरक्षा जाँच चौकीमा बन्दुक र क्षेप्यास्त्र सहित आक्रमण गरेपछि भिडन्त भएको जानकारी दिए। उक्त भिडन्तमा अरु छ जना प्रहरी र सात जना लडाकू पनि घाइते भएको उनले बताए। हालैका वर्षहरुमा यस प्रान्तमा सुरक्षाफौज र तालिबान लडाकूबीच निरन्तरजसो भिडन्त हुने गरेका छन्।

तालिबान समूहले बाल्खको भिडन्तमा १२ जना प्रहरी मारिएको दाबी गरेका छन्। तालिबान समूहका प्रवक्ता जबिहुल्लाह मुजाहिदले ट्वीट गर्दै सुरक्षा जाँच चौकीबाट लडाकूहरुले एउटा बख्तरबन्द सैन्य सवारी साधन र हातहतियार कब्जा गरेको बताएका छन्।

तपाईकाे प्रतिक्रिया

  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *