३० चैत्र २०८०, शुक्रबार
३० चैत्र २०८०, शुक्रबार

दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा घरेलु टिम पाकिस्तान विजयी

एजेन्सी । दक्षिण अफ्रिकाविरुद्धको पहिलो टेस्टमा घरेलु टिम पाकिस्तान विजयी भएको छ। कराँचीमा भएको खेलमा पाकिस्तानले दक्षिण अफ्रिकालाई ७ विकेटले पराजित गरेको हो।

दक्षिण अफ्रिकाले दिएको ८८ रनको लक्ष्य पाकिस्तानले ३ विकेटको क्षतिमा पूरा गर्‍यो। पाकिस्तानको जितमा अजर अलीले नटआउट ३१ रन जोडे । कप्तान बाबर अजामले ३० रन बटुलेका थिए । त्यसअघि ओपनरद्वय इमरान बट १२ रन र अबिड अली १० रनमा आउट भए। बलिङमा दक्षिण अफ्रिका एनरिच नोर्कियाले २ विकेट लिए ।

यसअघि पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिकाले २२० रन जोड्दा पाकिस्तानले ३७८ रन बटुलेको थियो। पहिलो इनिङ्ग्समा दक्षिण अफ्रिकाका लागि डिन इल्गरले सबैभन्दा बढी ५८ रन बटुले। बलिङमा पाकिस्तानका यासिर साहले ३ विकेट लिए। पाकिस्तानका लागि पहिलो इनिङ्ग्समा फवाद अलामले १०९ रनको योगादन गरे। बलिङमा दक्षिण अफ्रिकाका कागिसो रबाडा र केशव महराजले ३-३ विकेट लिए।

दोस्रो इनिङ्ग्समा दक्षिण अफ्रिकाका २४५ रन जोडेपछि पाकिस्तानले ८८ रनको लक्ष्य पाएको थियो। दक्षिण अफ्रिकाका लागि मर्क्रमले ७४ रन र भान डेर डुसेनले ६४ रन बटुलेका थिए। बलिङमा पाकिस्तानका नउमान अलीले ५ विकेट लिए भने यासिर शाहले ४ विकेट हात पारेका थिए।

शतक प्रहार गरेका फवाद अलाम प्लेयर अफ दि म्याच घोषित भएका छन्। जितसँगै दुई खेलको सिरिजमा पाकिस्तानले १-० को अग्रता लिएको छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?