२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

आर्मी बन्यो प्रधानमन्त्री कप क्रिकेट कपको च्याम्पियन

एजेन्सी । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि आर्मी क्लबले जितेको छ । रोमाञ्चक खेलमा आर्मीले एपीएफलाई ३३ रनले हराएर पहिलो पटक उपाधि जितेको हो ।

कीर्तिपुर मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै दुई सय ११ रन बनाएको थियो । जितका लागि २ सय १२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१ ओभर तीन बलमा एक सय ७८ रनमा समेटियो । एपीएफका आसिफ शेखले ६१ रनको अर्धशतकीय पारी खेले पनि हार टार्न सकेनन् । यस्तै शंकर रानाले २१, सुमित महर्जनले १९ रन, सुवास खकुरेल १४ रनमा आउट भए ।

त्यस्तै एपीएफका कप्तान शरद भेषवाकर शून्य रनमा आउट भए । आर्मीका जितेन्द्र मुखिया, बिक्रम सोब र शाहब आलमले ३-३ तथा सुशन भारीले १ विकेट लिए । आर्मीको जितमा हरी चौहानले ५८ रनको अर्धशतकीय पारी खेले । त्यस्तै राजेश पुलामीले २८, शाहब आलमले २५, लोकेश बमले १५, सुशन भारी र रोहित पौडेल समान १३-१३ रन जोडे । अनिल मण्डल र बिक्रम शोब समान ११-११ रन बनाए ।

एपीएफका अविनास बोहोराले ४ विकेट लिए । किशोर महतोले २ तथा कमल ऐरी, शरद भेषवाकर र भुवन कार्कीले १-१ विकेट लिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?