२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

कक्षा १२ को नतिजा सार्वजनिक हुँदै

काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

केही समस्या नदेखिए आज नतिजा सार्वजनिक हुने बोर्डले जनाएको छ । बोर्डले आज बिहान १० बजे बोर्ड बैठक बोलाएको छ । बोर्डका अध्यक्ष डाक्टर चन्द्रमणि पौडेलले केही समस्या नआए आज नतिजा सार्वजनिक गर्ने बताए । यसवर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णाङ्कको मात्र परीक्षा लिएको थियो ।

४० प्रतिशत मूल्याङ्कन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्याङ्कन गरिएको छ । बोर्डले पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, परीक्षा व्यवस्थित नहुँदा नतिजा सार्वजनिक हुन ढिलाइ भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?