जनचेतना सरोकार मञ्च अर्घाखाँचीको कार्यक्रम सम्पन्न, स्वरोजगार बनाउन ३५०० कुखुरा, २ सय ४० मौरीका घार वितरण

जनचेतना सरोकार मञ्च अर्घाखाँचीको कार्यक्रम सम्पन्न, स्वरोजगार बनाउन ३५०० कुखुरा, २ सय ४० मौरीका घार वितरण

लक्ष्मण घिमिरे ।

अर्घाखाँची । भारतमा काम गर्ने प्रवासी परिवारको आर्थिक सशक्तीकरण परियोजनामा काम गरिरहेको BER परियोजनाको अनुभव र सिकाई विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

जनचेतना सरोकार मञ्च अर्घाखाँचीको आयोजनामा सरोकारवालाहरु बिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका संयोजक युवराज ज्ञवालीले आर्थिक वर्ष २०७७/०७८ को कार्यप्रगती विवरण पेश गरेका थिए । संस्थाले सहकारी मार्फत गाउँमै रेमिट्यान्स सेवा समेत प्रदान गर्दै आएको छ । यस्तै स्वरोजगार बनाउन ३५ सय लोकल कुखुरा, २ सय ४० मौरीका घार समेत वितरण गरेको संयोजक ज्ञवालीले जानकारी दिए ।

अक्सफाम नेपालको सहयोगमा जनचेतना सरोकार मञ्चले भुमिकास्थान नगरपालिका वडा नम्बर-१, २, ३, ४ शितगंगा नगरपालिका वडा नम्बर-५, ६ त्यस्तै मालारानी गाउँपालिका वडा नम्बर-४, ६ मा आफ्ना गतिविधी गर्दै आएको छ । संस्थाको तिन बर्षे परियोजनाको कुल बजेट दुई करोड २८ लाख ७६ हजार तिनसय १४ रुपैयाँको बजेट रहेको थियो ।

कार्यक्रममा मन्तव्य राख्दै जिल्ला समन्वय समितीका सभापती तथा कार्यक्रमका प्रमुख अतिथी पिताम्बर शर्मा भुसालले कोरोना महामारीले आत्मनिर्भर बन्न पाठ सिकाएको बताए । वैदेशिक रोजगारीमा मात्र निर्भर हुने बानीले समृद्धी हासिल हुन नसक्ने भन्दै उनले स्वरोजगारको अवधारणा अवलम्बन गर्नुपर्ने बताए । सर्वसाधारणको जनजिविकामा मद्दत पुग्ने, आर्थिक रुपमा सबल बनाउन सघाउने संस्थाप्रती उनले धन्यवाद समेत दिए ।

कार्यक्रममा मन्तव्य राख्दै भुमिकास्थान नगरपालिकाका नगरप्रमुख रेशम थापाले नगरले सक्दो सहयोग गरिरहेको बताएका छन् । नगरका नागरिकहरुको जनजिविका बदल्न र उनीहरुलाई आर्थिकरुपले सक्षम बनाउन नगरले संस्थाहरुसंग हातेमालो पनी गरिरहेको बताए । रेमिट्यान्स मार्फत आएको पैसा उत्पादनशिल क्षेत्रमा लगाउनु पर्ने उनको भनाई छ ।

कार्यक्रममा भुमिकास्थान-४ का वडाअध्यक्ष तथा नगर प्रवक्ता बाबुराम पन्थी सुनार, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष ठाकुरप्रसाद अधिकारी, महिला सहकारीका तर्फबाट सृजना थापा लगायतले मन्तव्य राखे । कार्यक्रममा भुमिकास्थान-१ का वडाअध्यक्ष भोजराज खनाल, वडा नम्बर-२ का वडाअध्यक्ष बुद्धी थापा, वडा नम्बर-३ का वडाअध्यक्ष बालकृष्ण बञ्जाडे, कृषी ज्ञान केन्द्रका सुचना अधिकारी महेन्द्र ओझा, पत्रकार लगायतको उपस्थिीती रहेको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष लेखनाथ भुसालको अध्यक्षता, उपाध्यक्ष मिना नेपालीको स्वागत मन्तव्य तथा कोषाध्यक्ष डेमबहादुर नेपालीको सञ्चालनमा सम्पन्न भएको हो । सोमवार भुमिकास्थान नगरका विभिन्न वडामा अनुगमन समेत गरिने भएको छ ।

तपाईकाे प्रतिक्रिया

  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *