९ फाल्गुन २०८०, बुधबार
९ फाल्गुन २०८०, बुधबार

प्रेस युनियन अर्घाखाँचीले स्मारिका विमोचन गर्दै

अर्घाखाँची । नेपाल प्रेस युनियन अर्घाखाँचीले स्मारिका विमोचन गर्ने भएको छ ।

आउँदो फागुन ७ गते प्रजातन्त्र दिवसको अवसर पारेर नेपाल प्रेस युनियनको मुखपत्र ‘विकासका लागी सञ्चार-२०७७’ सार्वजनिक गर्दैछ । भव्य समारमेहका बिच ‘नेपाल प्रेस युनियनको अभियान, भौतिक र पेशागत सुरक्षा सहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने मुल नारा सहित स्मारिका विमोचनको तयारी अन्तिम चरणमा पुगेको युनियनका जिल्ला अध्यक्ष विरेन्द्र केसीले जानकारी दिए । कार्यक्रममा केन्द्रिय अध्यक्ष बद्री सिक्देल समेत आउने कार्यक्रम रहेको उनले बताए ।

२०४८ साल जेठ १३ गतेका दिन प्रजातान्त्रिक पत्रकारहरूको भेलाले पेशागत प्रत्याभूति र एकताबद्ध तथा संगठित रूपमा अगाडि बढ्ने दृढ धारणा प्रतिबद्धता गर्दै नेपाल प्रेस युनियनको स्थापना भएको हो । श्रमजीवि पत्रकारहरूको हकहित संरक्षण पनि ट्रेड युनियन आन्दोलनले नै गर्न सक्छ भन्ने हेतुले २०४८ साल जेठ १३ गते तत्कालीन प्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाका प्रेस सल्लाहकार जयप्रकाशप्रसाद गुप्ताको संयोजकत्वमा ९ सदस्यीय तदर्थ समिति गठन गरी नेपाल प्रेस युनियनको जन्म भएको हो ।

स्थापनाकालदेखि नै यसले पत्रकारहरूको हकहितमा आवाज उठाउँदै आएको छ । २०४८ सालमा स्थापना भएको यो सङ्गठन यतिखेर व्यवसायिक तथा पेशागत रूपमा स्थापित हुँदै आएको छ । नेपालका सञ्चारकर्मीहरूलाई संगठित बनाई श्रमजीवीका पक्षमा वकालत गर्दै आएको नेपाल प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको नेपालबाट सदस्यता प्राप्त गर्ने पहिलो संस्था हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?