१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेला: माधवकुमार नेपाल

काठमाण्डौ । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता माधवकुमार नेपालले पार्टीलाई एकताबद्ध बनाउन राष्ट्रिय भेलाको आयोजना गरिएको बताएका छन् । बुधवार आफ्नो समूहले ललितपुरको सानेपामा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीलाई ध्वंस गर्नका लागि नभइ एकताबद्ध बनाउन राष्ट्रिय भेला गरिएको बताए ।

उनले कम्युनिस्ट आन्दोलनको रक्षा गरी नयाँ उचाइमा पुर्‍याउन रचनात्मक उद्देश्यका साथ राष्ट्रिय भेलाको गरिएको दावी गरे। नेता नेपालले भने, ‘हामीले जुन बाटो समातेका छौँ । जुन हिसाबले अगाडि बढ्न खोजिरहेका छौँ । त्यो ध्वंस गर्नका लागि होइन । निर्माण गर्नका लागि हो । पार्टीलाई एकताबद्ध बनाउनका लागि हो । कम्युनिस्ट आन्दोलनको रक्षा गर्नका लागि हो । कम्युनिस्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनका लागि हो । त्यस हुनाले यो कार्यकर्ता भेला सकारात्मक, रचनात्मक उद्देश्यका साथ आयोजना गरिएको हो ।’

नेता नेपालले नेकपा एमालेभित्रको विवादको जड अध्यक्ष केपी शर्मा ओली भएको दावी गरे । केपी ओलीको अहङ्कार, व्यक्तिवाद र गुटगत मनोवृत्तिका कारण एमालेमा विवादको सिर्जना भएको उनको भनाइ थियो । अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्रसँग एकीकरण गर्ने बेला नागरिकको बहुदलीय जनवादलाई कुनै अडान नलिइ हटाएको भए पनि जबजको हिमायतीको रूपमा प्रस्तुत गरिरहेको उनले बताए । ओलीले मदन भण्डारीको विरासत बोकेको भनी नक्कली कुरा गरेकाले भ्रममा नपर्न पनि उनले नेता तथा कार्यकर्तालाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले आधा–आधा समय सरकार चलाउन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग सहमति गरेर सहमतिको उल्लङ्घन गरेको नेता नेपालको भनाइ छ । सर्वोच्च अदालतको फैसलापछि नेकपा एमालेलाई पूर्ववत् सङ्गठनात्मक संरचना र वैचारिक, राजनीतिक मान्यता अनुरूप चलाउनुपर्नेमा नेता नेपालको जोड छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?