१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

अर्घाखाँचीमा हालसम्म मतदाता संख्या १ लाख ५२ हजार २४

अर्घाखाँची । निर्वाचन आयोगले देशभरका मतदाताको सङ्ख्या सार्वजनिक गरेको छ ।

अर्घाखाँचीमा हालसम्म १ लाख ५२ हजार २४ मतदाता रहेका छन् । महिला ७७ हजार ४ सय ३४ तथा पुरुष ७४ हजार ५ सय ९० गरेर कुल मतदाता संख्या १ लाख ५२ हजार २४ मतदाता रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

यस्तै अर्घाखाँचीमा ९३ मतदाता स्थल संख्या रहेको पनी निर्वाचन आयोगले जनाएको छ । आयोगले देशभर एक करोड ६२ लाख ४३ हजार एक सय १० जना मतदाता रहेको जानकारी दिएको हो । आयोगले गएको माघ १५ गतेदेखि मतदाता अद्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । त्यस्तै आयोगले मतदानस्थल तथा मतदान केन्द्रको पनि पुनरावलोकन गरेको छ । अब देशभर १० हजार ६ सय ६० मतदान स्थल कायम भएका छन् ।

साथै अयोगले गएको पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक गर्ने काम फेरि सुरू गर्ने निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए।

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?