८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

यी महिलाको पाठेघर नै छैन

चीनमा एक २५ वर्षकी महिला र उनका श्रीमानले सन्तान जन्माउने चाहना गरेको वर्षौ बितिसकेको थियो।

जति गरेपनि महिला गर्भवती हुन सकेकी थिइनन्। जब महिलाको खुट्टामा चोट लाग्यो र एक्स–रे गर्न अस्पताल लगियो। तब मात्र थाहा भयो ती महिलाको पाठेघर नै रहेनछ। डाक्टरहरुका अनुसार ती महिलामा पुरुषको गुण भएको ‘वाई’ गुणसूत्र छ।

तर महिलाकै शरीर, यौनांग, गुण, भाव भएकी उनी जैविक रुपमा पुरुष हुन् भनेर बल्ल थाहा भएको हो। साउथ चाइना मर्निङ पोस्टका अनुसार यो घटनालाई लिएर डाक्टरहरु नै चकित बनेका छन्। उनीहरुका अनुसार यी महिला पुरुष भएर जन्मिनुपर्ने थियो।

पुरुषको गुणसूत्र हुँदा पनि महिला भएर जन्मिएको घटनालाई दुर्लभ मानिन्छ र त्यस्ता मानिसलाई ‘इन्टरसेक्स’ भनिने गरिएको छ। डाक्टरहरुले ती महिलासँग सोधपुछ गर्दा जीवनमा कहिल्यै उनले रजस्वलाको अनुभव नगरेको पनि थाहा पाएका थिए। डाक्टरहरुले ती महिलामा ‘४६ एक्सवाई डिसअर्डर’ भएका कारण यस्तो शारीरिक समस्या देखिएको बताएका छन्।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?