२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

आवश्यक गणितको विश्लेषणपछि कांग्रेस निर्णयमा पुग्छ: प्रवक्ता शर्मा

काठमाडौं । नेपाली कांग्रेसले सरकारको नेतृत्व लिनका लागि राजनीतिक वातावरण बनिनसकेको प्रतिक्रिया दिएको छ । सरकारको नेतृत्व लिन कांग्रेसले आनाकानी गरेको आरोप लागिरहेका बेला प्रवक्ता विश्वप्रकाश शर्माले तत्कालिन अवस्थामा सरकारको नेतृत्व लिन अग्रसर हुने राजनीतिक वातावरण तयार नभएको प्रतिक्रिया दिएका हुन् ।

उनले सभापति देउवालाई प्रधानमन्त्री पद एकदमै चाहिएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारे । यद्यपि परिस्थिति बनेको अवस्थामा प्रधानमन्त्रीको पदीय जिम्मेवारी लिनबाट पनि नभाग्ने मनस्थितिमा सभापति रहेको उनले बताए । प्रवक्ता शर्माले दलहरुभित्रका सांसदबीच अन्तर कलह रहेको र त्यसको परिणामको स्पष्ट तस्वीर बाहिर आइनसकेकाले पार्टीले सरकारको नेतृत्व गर्न अग्रसर नभएको बताए । उनले सरकार गठनका लागि आवश्यक गणितको विश्लेषणपछि पार्टी निर्णयमा पुग्ने जानकारी दिए ।

उनले कांग्रेसले दबाबको आधारमा हतारमा निर्णय नगर्ने पनि स्पष्ट पारे । उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टीभित्र पनि अन्तरसङ्घर्ष चलिरहेको र उनीहरूले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेस निर्णयमा पुग्नु गलत हुने टिप्पणी गरे।

प्रतिनिधिसभा निर्वाचनमार्फत जनताले सरकार चलाउन दिएको म्याण्डेट खण्डित भइसकेको भन्दै अब कांग्रेस प्रतिपक्षमा नै बस्नुपर्छ भन्नेमा आफूहरु नरहेको तर दलका सांसद विभाजित हुने अवस्था आँकलन गरेर नेतृत्व लिन अग्रसर नभएको उनको भनाइ छ । ‘‘सिंगोसिंगै दलहरु रहेर सुनिश्चित ढंगले नेपाली कांग्रेस पार्टीलाई नै प्रस्तावित गरेको अवस्था नबनी प्रधानमन्त्री पदका लागि दौरासुरुवालमा आईरन गरिहाल्ने बेला भएको छ भन्ने हामी मान्दैनौं’ शर्माले भने ।

नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, जनता समाजवादी भित्र पनि अन्तरसंघर्ष चलिरहेको र उनीहरुले पनि आ–आफ्नो राजनीतिक अडान सार्वजनिक नगर्दै कांग्रेसले निर्णय गर्नु हतार हुने शर्माले बताए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?