२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

चौथो टि-२० मा भारतसंग इंगल्याण्ड ८ रनले पराजित

एजेन्सी । चौथो ट्वान्टी-ट्वान्टी क्रिकेटमा घरेलु टीम भारतले इङ्ग्ल्याण्डलाई पराजित गरेको छ । अहम्दाबादमा भएको खेलमा भारतले इङ्ग्ल्याण्डलाई ८ रनले पराजित गरेको हो ।

इङ्ग्ल्याण्डका लागि बेन स्टोक्सले सर्वाधिक ४६ रन बनाएका थिए भने जासन रोयले ४० रन जोड्दा जोनी बेयर्स्टोले २५ रन जोडे । यस्तै भारतका लागि सूर्यकुमार यादवले ५७ रनको अर्धशतकीय इनिङ्स खेले ।​ शार्दुल ठाकुरले ३ विकेट लिए भने हार्दिक पाण्डय र राहुल चहलले २/२ विकेट लिए । श्रेयस एयरले ३७ रन बनाउँदा ऋषव पन्तले ३० रन बनाए । केएल राहुल १४, रोहित शर्मा १२, हार्दिक पाण्डय ११ रनमा आउट हुँदा शार्दुल ठाकुरले अविजित १० रन बनाए । कप्तान विराट कोहली १ रनमै आउट भए ।

यस्तै इङ्ग्ल्याण्डका जोफ्रा आर्चर ४ विकेट लिए । जितसँगै भारतको ५ खेलको सिरिजमा २-२ को स्थितिमा पुगेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १८५ रन बनाएर इङ्ग्ल्याण्डलाई १८६ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ गरेको इङ्ग्ल्याण्डले २० ओभरको खेलमा ८ विकेट गुमाएर १७७ रन बनाएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?