८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

कांग्रेस नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने

काठमाण्डौ । पूर्वमन्त्री एवम् नेपाली कांग्रेसका नेता नविन्द्रराज जोशीको उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहान जोशीको स्वास्थ्य अवस्था बुझ्न नर्भिक अस्पताल पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले उपचारका लागि सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको जानकारी दिए । उनले उपचाररत जोशीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

गएको फागुन १४ गते मस्तिष्कघात भएर नर्भिक इन्टरनेशनल अस्पतालमा भर्ना गरिएका नेता जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ। जोशीको स्वास्थ्यमा सुधार आउन सकेको छैन । उनको अवस्था जटिल रहेको उपचारमा संलग्न डाक्टरले बताउँदै आएका छन् ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?