२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

महान्यायाधिवक्ता अग्नि खरेलद्वारा राजीनामा

काठमाण्डौ । महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा दिएका छन् । उनले पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको जानकारी गराएका छन् ।

महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरेर खरेलले आफूले प्रधानमन्त्रीलाई भेटेर राजीनामा बुझाएको जानकारी गराए । ‘प्रधानमन्त्रीलाइृ भेटेर राजीनामा दिएर आएको छु’ उनले भने ‘प्रधानमन्त्रीसँग छलफल गरेर यो (राजीनामा) गरेको छु ।’ संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली खरेलसँग असन्तुष्ट थिए ।

उनले अघि भने ‘ विगतमा जे गरेको थिएँ, साविककै तिर जाने आशयका साथ राजीनामा दिएको छु । अब बाँकी जीवन राजनीतिक जीवनमै फर्किन्छु ।’ पूर्व कानूनमन्त्री समेत रहेका खरेललाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुन २०७४ मा महान्यायाधिवक्ता नियुक्त गरेकी थिइन् ।

तीन वर्षको अवधिमा आफूले निक्कै महत्त्वपूर्ण काम गरेको उनको भनाइ छ । ३७ महिनामा ३९ वटा भवन उद्घाटन र ११ वटा शिलान्यास गरेको खरेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?