१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

नयाँ सरकार गठनका लागि प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ : नेता सिंह

काठमाण्डाै । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन ।

आइतबार चाक्सीबारीमा रहेकाे आफ्नै निवासमा नेकपा एमाले र नेकपा माओवादी केन्द्र परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन ।

प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकता समेत नदेखाएको उनको भनाइ छ । माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टीले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य–मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

उनले भने, ‘सरकारले राजनीतिमा देखाउनुपर्ने, दर्शाउन सक्नुपर्ने कुरा प्रधानमन्त्रीले राजीनामा दिएर गर्नुपर्नेमा नगरेको र माओवादी केन्द्रले समर्थन अहिलेसम्म फिर्ता लिन सकेकाे छैन । जनता समाजवादी पार्टीले पनि अनैतिक सरकारको राजीनामा गराउनका लागि, प्रमुख प्रतिपक्षी दल कांग्रेस हामी त तयार छौँ । तर सङ्ख्या नपुग्दैमा खाली सरकारको परिवर्तनको कुरा गरेर मात्रै हुँदैन । हामी के चाहान्छौँ त भन्दाखेरी न्यूनतम रूपमा राजनीतिमा हुनुपर्ने मूल्य, मान्यता, नैतिकता भन्ने कुरा लागू हुनुपर्छ भन्ने कुरामा जोड दिइरहेका छौँ । कम्युनिस्ट सरकारले पाँच वर्षसम्म दिएको म्याण्डेट पूरा गर्न सकेको छैन । अब बाँकी रहेको समयमा अझ राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनका लागि सबै दल मिलेर अगाडि बढ्नुपर्छ र निकास दिनुपर्छ भन्ने कांग्रेसको भनाइ छ ।’

नेता सिंहले कम्युनिस्ट पार्टीले नागरिकले पाँच वर्षका लगि दिएको म्याण्डेट पूरा गर्न नसकेको बताए । देशलाई अस्थिरताबाट बचाउन सबै दलले निकास दिनुपर्ने उनकाे भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?