२० असोज २०८१, आइतवार
२० असोज २०८१, आइतवार

हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ: टोपबहादुर रायमाझी

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले शान्ति र स्थिरताको निम्ति लडिरहेको बताएका छन् ।

आइतबार अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको बिस्तारित बैठकमा बोल्दै ऊर्जा मन्त्री रायमाझीले मुलुकमा शान्ति र स्थिरता स्थापनार्थ सहि नेतृत्वको आवश्यकताको लागि लडिरहेको बताए। आर्थिक समृद्धिमा टेवा पुर्‍याउन, राष्ट्रियता र राष्ट्रिय अखण्डताको पक्षमा निर्भिक रुपमा उभिन सक्ने नेतृत्व देशलाई चाहिएको र त्यसतर्फ राजनीतिक बहस केन्द्रीत भइरहेको उनको भनाइ छ।

उनले भने, ‘हिजो हामीहरु राजनीतिक व्यवस्था उल्ट्याउनका लागि लड्यौ भने आज शान्ति र स्थिरताको लागि सही राजनीतिक नेतृत्वको पनि आवश्यकता छ भनेर हामी लडिरहेका छौँ। हिजोको जस्तो हतियार उठाएर होइन वैचारिक लडाइँ अहिले चलिरहेको छ। तर यो लडाइँ नलड्नुपर्ने हो यतिबेला । तर पनि हिजोको लडाइँको क्षेत्रबाट आएका अवशेषहरु, ती धङधङीहरु अहिलेपनि देखा पर्छन् । केही समय रहन्छन् अझै । हिजोको धङधङी राजनीतिमा देखा परिरहेको छ ।

उनले, ‘हिजो हामी को कता थियौँ छोडिदिनुस् । आज के सही हो त्यो महत्वपूर्ण कुरा हो । कुन सत्यले ? कुन पार्टीले ? कुन नेतृत्वले ? आज देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउँछ, त्यसको लागि शान्ति र स्थिरता कसले ल्याउन सक्छ ? राष्ट्र, राष्ट्रियता र राष्ट्रिय अखण्डताको रक्षा कसले गर्न सक्छ ? राष्ट्रियता र राष्ट्रिय अखण्डताको विषयमा दह्रोसँग निर्भिक भएर उभिन सक्ने नेतृत्व आज चाहिएको छ । अरुको गुलाम, अरुको कठपुतली भएर हुँदैन । त्यस्तो नेतृत्व चाहिएको छ ।’

मन्त्री रायमाझीले नेपालको कृषिलाई सामूहिक रुपमा अगाडि बढाउनुपर्ने बताए। कृषिलाई व्‍यक्तिवादी र निर्वाहमुखी चिन्तनबाट माथि उठाउँदै वैज्ञानिक आधुनिकरण र व्यवसायीकरणमा लैजानुपर्ने उनको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?