१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

कांग्रेसको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेस का सभापति शेर बहादुर देउवाले पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारी बैठक बोलाएका छन ।

केपी ओली नेतृत्व सरकारको विकल्प खोज्न नेपाली कांग्रेसले अग्रसरता नलिएको भन्दै आलोचना भइरहेको समयमा नेपाली कांग्रेसको पार्टी पदाधिकारी तथा पूर्व पधाधिकारीको बैठक सभापति देउवाले बोलाएका छन ।

पार्टी केन्द्रीय कार्यँलय सानेपामा सोमबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको हो । बैठकमा पार्टीको १४ औं महाधिवेशन र नयाँ सरकार गठनसहित पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?