१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेस गर्ने

काठमाण्डाै । प्रतिनिधिसभा बैठक बस्दै छ ।

दिउँसो १ बजे बस्ने बैठकका लागि संसद सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरेको छ ।

सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा वार्षिक प्रतिवेदन पेस गर्नेछन ।

प्रधानमन्त्री ओलीले न्याय परिषद् र न्यायसेवा आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन र महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेस गर्ने संसद सचिवालयले जनाएको छ।

त्यसपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति बिमलप्रसाद श्रीवास्तवले समितिको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?