१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

माओवादी केन्द्रको कानुन व्यवसायीहरुसँग छलफल:फैसलाविरुद्ध पुनरवलोकनमा जाने तयारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरवलोकनका लागि निवेदन दिने तयारी गरेको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानुन व्यवसायीहरुसँग छलफल गरेका छन् । ‘पुनरवलोकनमा कहिले जाने ? केके विषय उठाएर जाने ? भन्ने विषयमा छलफल भएको छ’, पूर्व महान्यायाधिवक्ता मुक्ति प्रधानले भने, ‘कहिले भन्ने छ । कहिले भन्ने पार्टीले निर्णय गर्ला ।’

नाम विवादसम्बन्धी मुद्दामा ऋषि कट्टेलले हालेको मुद्दामा सर्वोच्चले २३ फागुनमा नेकपा खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेको थियो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?