१७ असोज २०८१, बिहिबार
१७ असोज २०८१, बिहिबार

यो सरकार रहुन्जेल संसद्को तिरस्कार र अपमान गर्ने काम बढ्दै जान्छ : गगन थापा

काठमाण्डाै । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्को घोर अपमान गरेको बताएका छन । प्रतिनिधि सभा बैठकको शून्य समयमा थापाले आफूले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदम ठिक थियो भन्ने देखाउन संसद्लाई कामविहीन बनाएको आरोप लगाए ।

‘कहिले प्रश्नबाट छल्न बैठक स्थगित, कहिले पार्टीभित्रैका विरोधी तह लगाउन संसद् भङ्ग अनि अहिले प्रतिनिधि सभा भङ्ग सही थियो भन्ने देखाउनका लागि संसद्लाई कामविहीन बनाउने प्रपञ्च भइरहेको छ, हामी काम गर्न तयार छौँ, एसिड आक्रमणकारीलाई कारबाही गर्न विधेयक ल्याउन दिएनन् भन्ने तर एउटा विधेयक पनि नपठाउने । जति दिन यो सरकार रहन्छ, संसद्को तिरस्कार र अपमान गर्ने काम बढ्दै जान्छ, किनकि प्रधानमन्त्रीलाई यो संसद्सँग बदला लिनु छ’, थापाले भने।

ओलीले संसद्को अपमान गरेको र नागरिकको मतको अपमान गरेको तर संसदभित्र बसेर गरिमा जोगाउन डटेर लड्ने थापाको भनाइ छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?