१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सन्धिखर्क । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा विश्व क्षयरोग दिवसको अवसर पारेर हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा प्रथम जनज्योति माध्यमिक विद्यालय,द्वितिय अर्घा रजस्थल माध्यमिक विद्यालय,तृतिय ज्ञानप्रकाश माध्यमिक विद्यालय र सान्त्वना युवा वर्ष जनता रविचित्र माध्ममिक विद्यालय भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि सन्धिखर्क नगरपालिका शिक्षा शाखा प्रमुख युगलनाराण बसेल,स्वास्थ्य कार्यालय अर्घाखाँची कि प्रमुख पुष्पा थापाले विजेता हुने लाई नगद सहित प्रमाण पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा स्वास्थ्य कार्यालय अर्घाखाँचीका सुचना अधिकारी विजय वि.क.खोप अधिकृत रामप्रसाद गौतम, अहेब गिता भुसाल,ल्याव टेक्नेसीयन खिमलाल पाण्डे लगायतको सहभागीता रहेको कार्यक्रममा विद्यालयका शिक्षकहरुको पनि सहभागिता रहेको कार्यक्रमको संचालन स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरिक्षक गणेशराज पौडेलले गरेका थिए् ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका भित्र रहेका ७ वटा माध्यमिक विद्यालयको सहभागिता रहेको थिए ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?