२४ मंसिर २०८१, सोमवार
२४ मंसिर २०८१, सोमवार

सत्ता पाएपछि ओलीले चरित्र गुमाएः महत

अर्घाखाँची । नेपाली कांग्रेसका नेता तथा पुर्ब अर्थ मन्त्री डाक्टर रामशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक चरित्र नदेखाएको आरोप लगाएका छन ।

नेपाली कांग्रेस क्षेत्रीय कार्य समिती क्षेत्र नम्बर १ अर्घाखाँचीले सन्धिखर्कमा गरेको अगुवा कार्यक्रता भेलालाई सम्बोधन गर्दै नेता महतले नेपालमा कम्युनिष्ट पार्टीहरु विस्तारै सकिन लागेको बताए । दुई तिहाई जनमत प्राप्त गर्दा समेत जनभावना अनुसार काम गर्न नसकेको भन्दै महत्तले कम्युनिष्टहरुले मुलुक हाँक्न नसक्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा संसदीय दलका सचेतक पुस्पा भुसालले ओलीकै सत्ता लिप्साका कारण नयाँ सरकार बन्न असहज भएको पनि बताइन । उनले ओली नेतृत्वको कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त भएको बताइन ।

नेपाली कांग्रेसका पुर्ब केन्द्रीय सदस्य तथा पुर्ब मन्त्री रेवती प्रसाद भुसालले अहिलेको आबश्यकता भनेको ओली सरकारलाई ढलाउनु रहेको बताए । उनले कांग्रेस सत्ता भन्दा पनि बिधिको पछि हिड्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सभापति विष्णुप्रसाद मुस्कान , पुर्ब सभापति पिताम्वर शर्मा , कमल प्रसाद भुसाल, उपसभापति शान्ता भण्डारी , सचिव छविलाल पौडेल, कोषाध्यक्ष कृष्ण प्रसाद ज्ञवाली, उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य जमसेर मिया, छत्रदेव लेखनाथ पोख्रेल, , महासमिति सदस्य केशव श्रेष्ठ, नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय सदस्य शान्ता अर्याल, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का लगायतले मन्तब्य राखेका  थिए ।

कार्यक्रम क्षेत्रीय सभापति केशवराज कुवरको अध्यक्षता, उपसभापति कृष्ण वेल्वासेको स्वागत मन्तब्य र सचिव ताराप्रसाद फुल्लेलको सञ्चालनमा सम्पन्न भएको हो ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?