अर्घाखाँची । अर्घाखाँचीकाे पाणिनी गाउँपालिका वडा नं ५ मैदानको आर्थिक सहयोग र मैदान स्वास्थय चौकी सगंको समन्वयमा गर्भवती महिलालाइ पोषण प्याकेज कार्यक्रम को समुदघाटको कार्यक्रम सम्पन्न भएकाे छ ।
सोही कार्यक्रममा चार पटक ४,६,८र ९ महिनामा स्वास्थ्य चौकीमा गई नियमित गर्भजाच, आफ्नाे बच्चालाई पुर्ण खोप, २४ पटक वृद्धि अनुगमन, नयाँ गर्भवती आमा र २ बर्ष मुनिका बच्चाको स्वास्थ्य स्थीती सुपोषित बनाउने, सुत्केरी पश्चात ३ पटक स्वास्थ्य जाँच गरेबापत गर्भवती महिला र बच्चाको आमालाई प्रोत्साहन स्वरुप एक क्यारेट अण्डा, साबुन, नेलकटर, माक्स, टाबेल,न्यानो पछयाउरी र हौसला स्वरुप प्रमाणपत्र प्रदान गरिएकाे थियाे ।
कार्यक्रममा पाणिनि गाउँपालिकाका उपाध्यक्ष लक्ष्मि गाैतमले गाउँपालिकाका ८ वटै वडामा पाेषणका कार्यक्रम सञ्चालन गर्नुपर्ने बताइन । उनले सबैभन्दा महत्त्वपुर्ण क्षेत्र स्वास्थ्य भएकाेले गाउँपालिकाले जनताकाे सेवाका लागि स्वास्थलाई प्राथमिकतामा राखेकाे बताइन । कार्यक्रममा पाणिनि गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नेत्रप्रसाद घिमिरेले स्वास्थ्य क्षेत्रमा पाणिनि गाउँपालिकाले फड्काे मार्ने बताए । उनले गाउँपालिका भित्र अावश्यक पर्ने गरि कर्मचारी पदपूर्ति भईसकेकाे बताए ।
कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्र सुआहारा कार्यक्रमका फिल्ड सयोजक हरि प्रसाद पौडेल, राजनितिक दलको तर्फबाट प्रतिनिधिको रुपमा जीवनारायण कोइराला, सालिकराम घिमिरे, पाणिनी गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख शेषकान्त घिमिरे लगाएतले मन्तव्य राखेका थिए ।
सोही कार्यक्रममा लुम्बिनी सामाजिक विकास केन्द्र सुआहारा कार्यक्रमका पालिका पोषण सहजकर्ता, प्रशासन तथा लेखा अधिकृत दिवराज शर्मा, हजार दिनका आमाहरु, स्वास्थ्य चौकीका कर्मचारीहरु, व्यवस्थापन समितिका सदस्यहरु,महिला स्वास्थ्य स्वयम सेविका, जनप्रतिनिधि, पटौटी स्वास्थ चौकी प्रमुख गणेश घिमिरे, धातिवाङ्ग स्वास्थ्य चौकी प्रमुख मित्रदेव पौडेलको उपस्थिति रहेको थियो । कार्यक्रम वडा अध्यक्ष जिवलाल घिमिरेको अध्यक्षता, स्वास्थय चौकी प्रमुख जगदिश घिमिरेकोे सञ्चालन र वडा सचिव रविन्द्र न्याैपानेकाे स्वागतमा सम्पन्न भएकाे हाे ।