८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

गुल्मीमा आगलागी : चार घर र दुई गोठ जले

गुल्मी । गुल्मीमा आगलागीका कारण चार घर र दुईवटा गोठ जलेर नष्ट भएको छ।

जिल्लाको कालीगण्डकी गाउँपालिका-२, अर्बेनीमा भएको आरन थरमा आगलागीका कारण चार घर र दुई गोठमा आगलागी भएको स्थानीय चित्रबहादुर थापाले जानकारी दिए ।

दिउँसो करिब ५ बजेतिर स्थानीय धनबहादुर सुनार ,उर्मिला सुनार,तुलबहादुर सुनारको घर ,जितबहादुर सुनारको घर र गोठ र इन्द्रबहादुर सुनारको गोठ जलेर नष्ट भएको छ। उर्मिलाको घरबाट निस्केको आगोका कारण अन्यको घरमा सल्केको स्थानीयले जनाएका छन्।

त्यस स्थानमा पानीको समस्या भएका कारण आगलागीलाई नियन्त्रणमा लिन सकिएको छैन । आगलागीलाई नियन्त्रणमा लिनका लागि स्थानीयहरू जुटेका छन् ।

यता, गुल्मी जिल्लाकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले आगलागी नियन्त्रणमा गर्न पुर्तिघाट प्रहरी चौकीको टोली घटनास्थलतर्फ गएको जानकारी दिइन्। चौकीबाट त्यस स्थानसम्म पुग्न करिब एक घण्टा लाग्छ।

आगो नियन्त्रणमा नआइसकेको र क्षतिको विस्तृत विवरण आउन बाँकी छ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?