८ जेष्ठ २०८१, मङ्लबार
८ जेष्ठ २०८१, मङ्लबार

कुशल बेल्बासे र पूर्णकला बिसीको आवाजमा रहेको “सनिसार” बोलको गीत सार्वजनिक

अभिनव चौहान ।
काठमाडौंं ।
भर्खरै मात्रै हातैका पौजाले बोलको गीतबाट राम्रो चर्चा कमाएका गायक तथा सर्जक कुशल बेल्बासेको सनिसार बोलको गीत सार्वजनिक भएको छ ।

अर्घाखाँची जिल्लामा जन्मिएर काठमाडौंंमा एक दशक भन्दा बढी नेपाली गीत संगीतमा संघर्ष गर्दै आएको नाम हो कुशल बेल्बासे । उनको आवाजमा सजिएको रातो घलेकीमा बोलको गीत नसुन्ने नेपाली सायदै कमै छन् । रातो घलेकीमा, माली गाइले बाछी चाटेको लगायतका थुप्रै गीतहरुमा उनले आवाज भरिसकेका छन् । त्यसैगरी लामो समय देखि नेपाली गीत संगीतमा राज गर्दै आएकी अर्कि गायिका पूर्णकला बिसिले पनि यसमा आवाज दिएकी छिन ।

उनले हामीसँग कुरा गर्दै यो गीतबाट निकै आशा गरेको कुरा उल्लेख गरेकी छिन । लय तथा शब्द सिर्जना उनै गायक कुशलले आफै गरेका छन् । यो गीत लेख्ने क्रममा कयौं रात ननिदाई बसेको छु भन्दै भावुक भए । शिशिर पौडेल र सारिका केसीले अभिनय गरेको यस गीतमा प्रकाश भट्टले निर्देशन गरेका हुन् । नवराज उप्रेतीको छायांकन, विष्णु शर्माको सम्पादनमा तयार भएको गीतलाई शिशिर पौडेलको आधिकारिक युटुब च्यानलबाट सार्वजनिक गरिएको छ।

भिडियाे यहाँबाट हु्नुहाेस् : https://youtu.be/CFNAducelUU

तपाईको प्रतिक्रिया
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?