२१ असोज २०८१, सोमवार
२१ असोज २०८१, सोमवार

भारतमा काेराेना : एकैदिन ६२ हजारभन्दा धेरैमा सङ्क्रमण, ३१२ जनाको ज्यान गयाे

काठमाण्डाै । भारतमा कोरोना भाइरसको सङ्क्रमण थप फैलँदै गएको छ । गएको २४ घण्टामा ६२ हजारभन्दा धेरैलाई सङ्क्रमण  भएको छ भने ३ सय १२ जनाको ज्यान गएको छ ।

सङ्क्रमण बढ्दै गएकाले महाराष्ट्र र दिल्लीमा थप कडाइ गरिएको छ । फागु पर्वमा सङ्क्रमण फैलिन सक्ने भन्दै कडाइ गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

महाराष्ट्रमा अहिले रात्रिकालीन कर्फ्यू छ भने दिल्लीमा मिनी लकडाउन छ । भारतमा अहिले ४ लाख ८६ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित छन् । ६ करोड दुई लाखभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

भारतमा अहिलेसम्म एक करोड १९ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने एक लाख ६१ हजारभन्दा धेरैको ज्यान गएको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?