१२ जेष्ठ २०८१, शनिबार
१२ जेष्ठ २०८१, शनिबार

म्यानमार घटना अमानवीय र निन्दनीय: नेपाली कांग्रेस

काठमाण्डौ । नेपाली कांग्रेसले म्यानमारमा सैनिक सरकारले नागरिक प्रदर्शनमा नरसंहार गरिरहेको घटना र प्रवृत्ति अत्यन्तै अमानवीय र निन्दनीय भएको जनाएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले आइतवार विज्ञप्ति निकालेर नागरिकमाथिको दमन तत्काल रोकेर निर्वाचित सरकार बहाल गर्न, लोकतन्त्रवादी नेतृ आङ सान सुकीलगायत सबैलाई रिहाइ गर्न आग्रह गरेका छन् । साथै उनले लोकतन्त्र पुनर्स्थापित गर्न म्यानमारको सैनिक सत्तामाथि विश्वव्यापी रूपमा तीव्र दबाब बढाउन आवश्यक देखिएको उल्लेख गरेका छन्।

विश्वभर जहाँ पनि हुने लोकतान्त्रिक आन्दोलनप्रति समर्थन र ऐक्यबद्धता जनाउने नीति कांग्रेसले लिँदै आएको जनाइएको छ । ‘म्यानमारको पछिल्लो ‘कू’ लगत्तै विरोध प्रकट गरेर त्यहाँ भइरहेका घटनाक्रमलाई हामी निरन्तर नियालिरहेका छौँ । सैनिक सत्ताले मच्चाएको रक्तपात रोक्न म्यानमारका नागरिकको पक्षमा विश्वभरबाट आवाज उठ्न अत्यावश्यक भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

दमनविरुद्ध लोकतन्त्रका पक्षमा फेरि पनि आफ्नो अभिमत प्रकट गर्दै म्यानमारका नागरिकका पक्षमा उभिएर आवश्यक अन्तर्राष्ट्रिय पहलकदमी गरिनुपर्ने आवश्यकता र अभियानका पक्षमा ऐक्यबद्ध हुन कांग्रेसले सबै दल, सङ्घ संस्था र सरकारसमेतलाई अपिल गरेको छ ।

तपाईको प्रतिक्रिया
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
टिप्पणी

सम्बन्धित खबर

लोकप्रिय

सामाजिक संजाल

भर्खरै

छुटाउनुभयो कि ?